क्यानवेरा । अष्ट्रेलियाको अर्थतन्त्र सन् २०२४ को पहिलो तीन महिनामा शून्य दशमलव एक प्रतिशतले बढेको छ । अस्ट्रेलियाली तथ्यांक विभाग (एबीएस)ले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार जनवरीको सुरुदेखि मार्चको अन्त्यसम्म अस्ट्रेलियाको कुल गार्हस्थ उत्पादन (जीडीपी) शून्य दशमलव एक प्रतिशत र मार्चको अन्त्यसम्म १२ महिनामा एक दशमलव एक प्रतिशतले बढेको छ ।
तुलनात्मक रूपमा, अष्ट्रेलियाको कुल गार्हस्थ उत्पादनको अन्तिम तीन महिनामा शून्य दशमलव दुई प्रतिशत र डिसेम्बर २०२३ मा एक दशमलप पाँच प्रतिशतले बढेको छ ।
विवरणबारे कोषाध्यक्ष जिम चाल्मर्सले बजारको मध्यम वृद्धिको अपेक्षाभन्दा कम भएको जनाएका छन् । कमजोर वृद्धिको प्राथमिक कारण उच्च ब्याज दर, मध्यम तर निरन्तर मुद्रास्फीति र चलिरहेको विश्वव्यापी अनिश्चितता लगायत भएको उनले बताए । यद्दपी उनले घरेलु र विश्वव्यापी परिस्थितिका वृद्धि स्वागतयोग्य भएको जनाएका छन् ।