काठमाडौं । नेपाल स्केटिङ तथा स्केट बोर्डिङ संघ, भक्तपुर जिल्लाको प्रथम तथा ऐतिहासिक अधिवेशन सम्पन्न भएको छ । प्रतिनिधिसभा सदस्य दुर्लभ थापाको प्रमुख आथिथ्य तथा संघका केन्द्रीय अध्यक्ष अच्युत खनाल, सचिव दिनेश बजगाईँ, बाग्मती प्रदेश अध्यक्ष प्रकाश श्रेष्ठ, कर्णाली प्रदेश अध्यक्ष रमेशकुमार खनाललगायतको विशेष उपस्थितिमा, सल्लाघारी, भक्तपुरमा सम्पन्न भएको हो ।
अधिवेशनले किरण खड्काको अध्यक्षतामा १८ सदस्य समितिको गठन गरेको छ । उपाध्यक्षमा सुदिप ढुङ्गेल, सम्पन्न ढुङ्गेल सचिव मा अस्मिन बस्नेत सह–सचिवमा सक्षम अर्याल, अंसु धिताल, दिपु प्रजापति, श्रीगल बस्नेत कोषाध्यक्षमा अर्थम नेपाल र सदस्यमा एलिना अवाल, निरज थापा, श्रुति थापा, सूरज रायमाझी,संगम श्रेष्ठ, सुभम ढुंगेल, सुबोध पौडेल, रुबिन पाण्डे, उद्धव कृष्ण श्रेष्ठ चयन भएका हुन् । बाग्मती प्रदेश महासचिव साजन देउजाका अनुसार समिति निर्माण जिल्ला संरचनामा गैसकिसकेको र अब प्रत्येक जिल्लामा यसको बिस्तार सहित खेल मैदान निर्माणमा जुट्ने छन् ।
स्केटिङ तथा स्केट बोर्डिङ साहसिक खेल भएकाले अन्तर्राष्ट्रिय जगतलाई समेत केन्द्रित गर्न सकिने र नेपालले यसको अग्रसरता लिनुपर्ने कुरामा दुर्लभ थापा ज्युले जोड दिएका थिए । नेपालमा यो खेल नयाँ भएका कारण केही चुनौती भए पनि यसको आकर्षण र फाइदा भने निकै रहेकोले यसको सम्भाब्यता र विकासमा लाग्नुपर्ने कुरामा संघका केन्द्रीय अध्यक्ष अच्युत खनालको बिशेष जोड रहेको थियो । हाल सम्म ६ वटा प्रदेश र ४४ वटा जिल्ला प्रादेशिक संरचना अनतरगत गइइसकेको प्रदेश प्रतिनिधि सुमन कट्टेलले जानकारी गराउनु भयो ।