काठमाडौं, असार ३
नेपाल बक्सिङ एसोसिएसनका पूर्वकोषाध्यक्ष धर्मेन्द्र मल्ललाई मातृशोक परेको छ । पारिवारिक स्रोतले दिएको जानकारीअनुसार बुढानिलकण्ठ निवासी पूर्वकोषाध्यक्ष मल्लकी आमा एलिन मल्लको ८३ वर्षको उमेरमा असार एक गते राति १० बजेर ४५ मिनेटमा ह्याम्स हस्पिटलमा मृत्युु भएको हो । स्वर्गीय एलिन लामो समयदेखि मुुटुुरोगी भएको र उनको मुुटुुमा पेसमेकर राखिएको समेत पारिवारिक स्रोतले बताएको छ । स्वर्गीय एलिनको असार २ गते मंगलबार विधिपूुर्वक पशुुपति आर्याघाटमा दाहसंस्कार गरिएको छ । स्वर्गीय एलिनको एक छोरा धर्मेन्द्र मल्ल रहेका छन् । पूर्वकोषाध्यक्ष धर्मेन्द्रको भने दुुई छोरा सुवासिस मल्ल र देवासिस मल्ल रहेको पारिवारिक स्रोतले जानकारी दिएको छ ।