काठमाडौं । फोनपेले आफ्नो नयाँ आविष्कार स्वरूप, मोबाइल फोनहरूमा ‘भ्वाइस नोटिफिकेसन’ सेवा सुरु गरेको छ । फोनपे नेटवर्कका सबै व्यवसायहरूले फोनपे बिजनेस एपमार्फत भ्वाइस नोटिफिकेसन सेवा प्राप्त गर्न सक्नेछन् ।
फोनपे बिजनेस एप विशेषगरी व्यवसायहरूको सम्पूर्ण डिजिटल भुक्तानी लेनदेनलाई एउटै प्लेटफर्ममा व्यवस्थित र ह्यान्डल गर्न डिजाइन गरिएको हो । उक्त सुविधाले एसएमएसमार्फत भुक्तानी पुष्टीकरणमा भर पर्नुपर्ने आवश्यकतालाई हटाएको छ ।
यो सेवालाई उपभोग गर्न फोनपे नेटवर्कका व्यवसायहरूले फोनपे बिजनेस एप डाउनलोड गरी वा फोनपे बिजनेस एपको नयाँ भर्जनमा अपडेट गरी नोटिफिकेसन सेटिङबाट सुचारु गर्न सक्नेछन् । भ्वाइस नोटिफिकेसन सुविधाको सुरुवातसँगै, फोनपे बिजनेस एपका प्रयोगकर्ताहरूले भुक्तानी सूचनाहरूका लागि आफ्नो मोबाइल फोनको निरन्तर म्यानुअल अनुगमन गर्नुपर्ने आवश्यकता हटेको छ ।