काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ‘पेवल नेपाल र सजिलो पे’का छ जना कर्मचारीलाई पक्राउ गरेको छ । सीआईबीका अनुसार भुक्तानी सेवा प्रदायक कम्पनी ‘पेवल नेपाल र सजिलो पे’का छ जना कर्मचारीलाई शुक्रबार पक्राउ गरिएको छ । भुक्तानी प्रदायक सेवा कम्पनीको आवरणमा अवैध हुण्डी र सुन, क्रिप्टोकरेन्सीको अवैध कारोबारमा जोडिएपछि छ जनााई नियन्त्रणमा लिइएको जानकारी सीआईबीले दिएको छ ।
पक्राउ पर्नेहरुमा भीमप्रसाद तिमल्सिना, प्रज्वल आचार्य, सुरज जबरा, सुशील बन्जारा, काश्यव मानन्धर र अथुकछाक खम्पा छन् । पक्राउ परेकामध्ये खम्पा स्वास्थ्यमा समस्या देखिएपछि मेट्रो अस्पतालमा भर्ना भएका छन् । उनीहरुमाथि अनुसन्धान गर्न आइतबार काठमाडौं जिल्ला अदालतबाट छ दिनको म्याद थप भएको छ ।
यसअघि राष्ट्र बैंकले यही जेठ २१ गते दुवै कम्पनीहरुकोे नाममा विभिन्न बैंक तथा वित्तीय संस्थामा रहेको सबै बैंक खाता रोक्का गर्न निर्देशन दिएको थियो ।