कपिलवस्तु । काठमाडौँबाट सुर्खेत जाँदै गरेको क.प्र. ०२–००१ख ०५२५ नम्बरको बस र लु १ च ९२८४ नम्बरको भ्यान मंगलबार कपिलवस्तुको बुद्ध भूमि नगरपालिका ४ झडुलामाईमा ठोकिँदा १ जनाको मृत्यु भएको छ भने आठजना घाइते भएका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक अनीश भण्डारीले घटनामा परी पिक अप चालक कपिलवस्तु शिवराज नगरपालिका बस्ने हिरालाल बढईको घटना स्थलमा मृत्यु भएको बताएका छन् ।
इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक वीर बहादुर सुनारले ठक्कर पछि पिकअपमा च्यापिएका बढईको २ घण्टा पछि उद्धार गरिएको र घाइतेहरू लाई उपचारको लागि बुटवल पठाइएको जानकारी दिए ।