काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले ‘नेसनल रत्न अवार्ड‘ कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले बुढानीलकण्ठ काठमाडौंको होटल लेमन ट्रि प्रिमियरमा प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको सभापतित्वमा सम्मान कार्यक्रमको आयोजना गरी नेसनल अवार्डअन्तर्गत नेसनल रत्न छनौट हुन सफल बागमती प्रदेशका करिब ३५ जना अभिकर्ताहरूलाई सम्मान गरेको हो ।
प्रमुख कार्यकारी अधिकृत खत्रीले पानसमा द्विप प्रज्वलन गरी शुभारम्भ गरेकोे सो समारोहमा सहभागी अभिकर्ताहरूलाई कम्पनीको उपप्रमुख कार्यकारी अधिकृत स्मृतिराज कँडेलले उत्प्रेरण तालिम प्रदान गर्दै कम्पनीले अभिकर्ताहरूको वृत्ति विकासका लागि ल्याउने हरेक योजनाहरूको छुट्टाछुट्टै महत्व हुने भएकाले यस्ता योजनाहरूमा छनौट हुनका लागि व्यावसायिक कार्यनीति बनाउनुपर्ने बताए ।
समारोहमा नेसनल रत्न विजेता अभिकर्ताहरूलाई नेसनल लाइफ लोगो अंकित चाँदीको मेडल, सर्टिफिकेट र खादाबाट सम्मान गर्दै प्रमुख कार्यकारी अधिकृतज्यूले कम्पनीका सबै संरचनाहरू उत्कृष्ट रहेको र कम्पनीमा बीमा गर्ने बीमितहरूलाई उच्चप्रतिफल दिन सफल हुनुमा अभिकर्ता सञ्जालको महत्वपूर्ण भूमिका रहने भएकाले अभिकर्ता सञ्जाललाई प्रविधिमैत्री एवं व्यावसायिक बनाउन थप लगानी गर्दै गइरहेको बताए ।
उहाँले नेसनल रत्नमा छनौट हुने अभिकर्ताहरूलाई प्रदेशस्तरीयरूपमा सम्मान कार्यक्रम सम्पन्न गर्दै लाने कम्पनीको योजनाअनुसार काठमाडौंमा बागमती प्रदेशका अभिकर्ताहरूबाट सम्मान गरिएको बताउनुभयो साथै उनले यसभन्दा अगाडि इटहरीमा कोशी र मधेश प्रदेशका अभिकर्ताहरूलाई सम्मान गरिसकेको र अन्य प्रदेशका बाँकी अभिकर्ताहरूलाई पनि छिट्टै नै सम्मान गरिने व्यहोरा जानकारी गराए ।
कार्यक्रममा प्रमुख कार्यकारी अधिकृतसहित उपप्रमुख कार्यकारी अधिकृत स्मृतिराज कँडेल, प्रबन्धक विवेक शर्मा, सहायक प्रवन्धक सुष्मिता राणा, एजेन्सी विभाग प्रमुख सुशील प्रताप राणा, बागमती प्रदेश प्रमुखद्वय जयराम धिताल, घनश्याम रिमाललगायत विभिन्न शाखा कार्यालयहरूबाट शाखा प्रमुखहरूको समेत सहभागिता रहेको थियो ।