काठमाडौं । क्रिप्टो कारोबारमा संलग्न भएको अभियोग लागेकी रचना शर्मा पाँच लाख रुपैयाँ धरौटीमा रिहा भएकी छिन् । झण्डै तीन दर्जन बैंकमा अर्बौँ रुपैयाँको कारोबार गरेको देखिएकी शर्मा यही जेठ २९ गते मंगलबार काठमाडौं अदालतमा हाजिर भएकी थिइन् । सोही दिन शर्मालाई पाँच लाख रुपैयाँ धरौटी लिएर छाड्न अदालतले आदेश दिएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश दीपक ढकालको एकल इजलासले शर्मालाई धरौटीमा छाड्न आदेश दिएको हो । १२ सय जनाभन्दा बढी प्रतिवादी भएको क्रिप्टोमार्फत झण्डै तीन खर्ब रुपैयाँ हुण्डीमा फसेकी शर्मा पाँच लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएकी हुन् । अनुसन्धानमा संलग्न प्रहरी उच्च स्रोतका अनुसार नेपालमा हालसम्म १४ लाख १० हजार तीन सय ४२ जना क्रिप्टोको कारोबारी रहेको खुलेको छ । यसअघि क्रिप्टो कारोबारमा संंलग्न भएको अभियोगको आधारमा २०८० मंसिर ६ गते नगद ८९ लाख रुपैयाँसहित शर्माका श्रीमान् रुपेश श्रेष्ठ पक्राउ परेका थिए । हाल श्रेष्ठ केन्द्रीय कारागारमा थुनामा छन् ।
नेपाल राष्ट्र बैंकले गैरकानुनी भनेर परिभाषित गरेको क्रिप्टोमार्फत झण्डै तीन खर्ब रुपैयाँको हुण्डी कारोबार भएको तथ्य सार्वजनिक भएको छ । क्रिप्टो करेन्सी, क्यास एप, डलर एकाउन्टमार्फत हालसम्म दुई खर्ब ८६ अर्ब चार करोड २५ लाख आठ हजार सात सय ५४ रुपैयाँबराबरको हुण्डी कारोबार भएको क्रिप्टोसम्बन्धी अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरूले बताएका छन् ।
यस्तो छ फैसलाको पुर्णपाठ