काठमाडौं, असार ३ चन्द्रागिरी हिल्सले १८ करोड ४० लाख ९१ हजार रूपैयाँबराबरको साधारण सेयर जारी गर्ने भएको छ । कम्पनीले साधारण सेयर निष्काशनको लागि अनुुमति माग गर्दै यही जेठ २५ गते नेपाल धितोपत्र बोर्डसमक्ष आवेदन दिएको हो । बोर्डका अनुसार कम्पनीले एक सय रूपैयाँ अंकित मूल्य कायम रहने गरी १८ लाख ४० हजार नौ सय १० कित्ता सेयर निष्काशन गर्नको लागि अनुुमति माग गरेको हो । कम्पनीले आयोजना प्रभावित स्थानीय जनता र सर्वसाधारणको लागि समेत उक्त परिमाणमा सेयर जारी गर्ने तयारी गरेको हो । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रर्वन्धकको रूपमा ग्लोवल आईएमई क्यापिटल लिमिटेड रहेको छ ।