काठमाडौं, असार ३
नेपाल धितोपत्र बोर्ड समक्ष समृद्धि फाइनान्स र नेपाल फाइनान्सले हकप्रद सेयर जारी गर्नको लागि अनुुमति माग गर्दै आवेदन दिएका छन् । बोर्डका अनुसार समृद्धिले ३६ करोड ९६ लाख ६० हजार रूपैयाँबराबरको हकप्रद सेयर जारी गर्नको लागि अनुुमति मागेको हो । उक्त फाइनान्सले हाल कायम रहेको चुक्ता पुँजीमध्येबाट एक बराबर दुुईको अनुपातमा एक सय रूपैयाँ अंकित मूल्य कायम रहने गरी ३६ लाख ३९ हजार छ सय छ कित्ता हकप्रद सेयर जारी गर्न आवेदन दिएको हो, बोर्डले भनेको छ ।
बोर्डका अनुसार समृद्धिको सेयर निष्काशन तथा बिक्री प्रर्वन्धकको रूपमा बीओके क्यापिटल लिमिटेड रहेको छ । उक्त फाइनान्सले चालू आर्र्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा दुुई करोड ४८ लाख ७२ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा फाइनान्सको यस्तो नाफा ६३ लाख ७३ हजार रूपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी १८ करोड १९ लाख ८० हजार रूपैयाँ रहेको फाइनान्सले चालू आवको तेस्रो त्रैमासिक अवधिमा १९ करोड दुुई लाख ५९ हजार रूपैयाँ निक्षेप संकलन गरी १३ लाख ९५ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा दुुई करोड ३६ लाख ३० हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा ९९ दशमलव पाँच प्रतिशत कर्जा निष्क्रिय रहेको थियो । गत आवको सोही अवधिमा भने फाइनान्सले सात करोड ४८ लाख ६२ हजार रूपैयाँ निक्षेप संकलन गरेको थियो । उक्त अवधिमा ६१ लाख ७३ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा शत प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।
नेपाल फाइनान्सले पनि १६ करोड ९७ लाख ५० हजार छ सय २५ रूपैयाँ बराबरको हकप्रद सेयर जारी गर्नको अनुुमती माग गरेको बोर्डले जानकारी दिएको छ । बोर्डका अनुसार उक्त फाइनान्सले हाल कायम रहेको चुक्ता पुँजी मध्येबाट एक बराबर एक दशमलव २५ को अनुपातमा एक सय रूपैयाँ अंकित मूल्य कायम रहने गरी १६ लाख ९७ हजार पाँच सय छ दशमलव २५ कित्ता हकप्रद सेयर जारी गर्नको लागि अनुुमति माग गरेको हो ।
फाइनान्सको सेयर निष्काशन तथा बिक्री प्रर्वन्धकको रूपमा प्रभुु क्यापिटल लिमिटेड रहेको छ । उक्त फाइनान्सले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा तीन करोड १२ लाख ३३ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा फाइनान्सको यस्तो नाफा चार करोड ६५ लाख ४५ हजार रूपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी २२ करोड सात लाख ३१ हजार रूपैयाँ रहेको फाइनान्सले चालू आवको तेस्रो त्रैमासिक अवधिमा चार करोड ५६ लाख पाँच हजार रूपैयाँ निक्षेप संक्लन गरी दुुई करोड ५५ लाख ६४ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा दुुई करोड २९ लाख सात हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा ७६ दशमलव ७७ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । गत आवको सोही अवधिमा भने फाइनान्सले चार करोड २२ लाख ६४ हजार रूपैयाँ निक्षेप संकलन गरी ५० लाख रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक करोड ९८ लाख ३८ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा शत प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।