मलेखु (धादिङ) । पृथ्वी राजमार्गअन्तर्गत चितवनको फिस्लिङ बजार नजिक शुक्रबार बिहान दुईवटा सवारीसाधन एकापसमा ठोक्किँदा २० जना घाइते भएका छन् भने पाँचजनाको अवस्था गम्भीर छ ।
नेपालगञ्जबाट काठमाडौँतर्फ गइरहेको भे१ख ४०६० नम्बरको यात्रीबस र काठमाडौँबाट मुग्लिनतर्फ गइरहेको बागमती प्रदेश ०२–०३९च ३७२० नम्बरको कार एकापसमा ठोक्किँदा बस नदी किनारमा खसेको हो । एकजना प्रत्यक्षदर्शीले कारलाई जोगाउन खोज्दा बस नदी किनारमा खसेको बताएका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका अनुसार बसमा ४५ जना यात्री थिए । सबै यात्रीको अवस्था सामान्य छ । कारमा सवार पाँचजना गम्भीर घाइते भएका सबैलाई उपचारका लागि चितवन पठाइएको गजुरीस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रहरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।