देशका बिभिन्न ठाउँहरुमा रहेका स्थानिय तह भ्रष्टाचारको अखडा बनेका छन् ।। आर्थिक बर्ष ०८०/८१ को ११ महिनाको अबधिमा गैरकानूनि काम गरेध धन सम्पति जोडेको ठहर भएपछि बिभिन्न २८ स्थानीय तहका प्रशासकीय अधिकृत निलम्बित भएका छन् ।भने, ४५ प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा दायर भएको छ । त्यो बाहेक अन्य ७६ कर्मचारी निलम्बनमा परका छन् । निलम्बित हुनेमा उपसचिव तहका प्रमुख प्रशासकीय १२ जना, शाखा अधिकृत तहका सातजना र निमित्त प्रमुख प्रशासकीय अधिकृत ११ जना थिए । त्यस्तै, तह नखुलेका प्रमुख प्रशासकीय अधिकृत १५ जना थिए । सर्लाहीको चर्चित भरत ताल निर्माणमा ३० करोड भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले मेयर, उपमेयर र तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेलसहित ६ जनाविरुद्ध यही २९ जेठमा मुद्दा दायर गर्‍यो । संघीय सरकारको स्वीकृतिविना र कानुनविपरीत वन क्षेत्रमा माछापोखरी बनाउने भनेर परियोजना अघि बढाई त्यसबाट ढुंगा, गिटी, बालुवाको उत्खनन तथा बिक्री गरेर भ्रष्टाचार गरेको अख्तियारको दाबी छ । यस मुद्दामा अख्तियारले मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृत पोखरेलविरुद्ध जनही ३० करोड बिगो, जरिवाना र सजाय मागदाबी गरेको छ । सिराहाको नवराजपुर गाउँपालिकाका तत्कालीन अध्यक्ष, उपाध्यक्ष र तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैत सहित १४ जनाविरुद्ध मुद्दा दायर गरेको छ। गाउँपालिकाको वडा नम्बर २ स्थित रामजानकी दलित आधारभूत विद्यालय मझौराको अपूरो कार्य गर्ने योजनामा काम नै नगरी १४ लाख ५१ हजार भुक्तानी दिएको अभियोग उनीहरूमाथि छ । कानुनले तोकेको दरभन्दा कम दर कायम गरेर खानी दोहन गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियारले २१ जेठमा ललितपुरको गोदावरी नगरपालिकाका चारजना तत्कालीन प्रमुख प्रशासकीय अधिकृतलाई प्रतिवादी बनायो । त्यसमा विश्वराज मरासेनी, कृष्णप्रसाद जैसी, वीरेन्द्रदेव भारती र प्रविन कोइराला छन् । अख्तियारका अनुसार संघीय तथा प्रदेश कानुनविपरीत न्यून दरमा ठेक्का लगाएर उनीहरूले राज्यकोषमा आउनुपर्ने राजस्व चुहावट गरेका हुन् । धनुषाको सहिदनगर नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सावनकुमार चौधरीसहित तीनजनाविरुद्ध मुद्दा दायर गरेको थियो । सोरु गाउँपालिका मुगृका वीरेन्द्र मल्ल,भेरीगंगा नगरपालिकाका सुर्खेतका कमलप्रसाद पौडेल,जलेश्वर नगरपालिकाका महोतरीका मित्रलाल ढकाल,चम्पादेवी गाउँपालिका ओखलढुंगाका भीमप्रसाद दाहाल,एकडारा गाउँपालिका महोतरीका सरोजकुमार सिंह,चंखली गाउँपालिका हुम्लाका विश्णुबहादुर शाही,पलाँता गाउँपालिका कालिकोटका रामप्रसाद कुस्मा ईशनाथ नगरपालिका रौतहतका किशोर गुप्ता,सहिदनगर नगरपालिका धनुषाका शत्रुधन यादव,रुपनी गाउँपालिका सप्तरीका अरुविन्दकुमार धौधरी,चन्द्रपुर नगरपालिका रौतहटका कृष्णप्रसाद सिग्देल,शुद्धोधन गाउँपालिका रुपन्देशीका अनन्तपासण मरासिनी र मोलुङ गाउँपालिका ओखलढुगांका सन्तोा श्रेष्ठ रहेका छन् । त्यस्तै, निमित्त प्रमुख पदाधिकारीहरु पलँता ौतागाउँपालिका कालीकोटका राजबहादुर बम,महाबै गाउँपालिका कालिकोटका गणेशमान सिंह,कर्जन्हा नगरपालिका सिरहाँका हरिपुरनगरपालिका सर्लाहीका नइन्द्रकुमार पौडेल,छायाँनाथ नगरपालिकाका पितम्बर सारु,मुड्केचुला गाउँपालिका डोल्पाको सिंहराज डाँगी,सिमौनगढ नगरपालिका बाराका वीरेन्द्रप्रसाद हाह कानूबिरुद्ध २० असारमा भ्रष्टाचारकै तिन मुद्दा दायर भएका थिए ।