काठमाडौं । एलिट मर्चेन्ट क्यापिटल लिमिटेडले हकप्रद सेयर निष्काशन गरेको छ । कम्पनीले आगामी असार ५ गतेसम्म हकप्रद सेयरका लागि आवेदन दिन सेयरधनीहरूका नाममा सार्वजनिक सूचना जारी गरेको छ ।

हाल संस्थापकहरूका लागि मात्र निष्काशन गरिएको हकप्रदमा १००ः२५ अर्थात् २५ प्रतिशत हकप्रद निष्काशन गरिएको हो । यदि कुनै संस्थापकले हकप्रद लिन नचाहेमा मात्रै विद्यमान अन्य सेयरधनीले खरिदको अवधि पाउनेछन् ।