काठमाडौं । लक्ष्मी सनराइज बैंकले ‘प्रोजेक्ट ५ के’ परियोजनाका साथ विश्व वातावरण दिवस २०२४ मनाएको छ । सो पहलमार्फत बैंकले यस वर्षको विश्व वातावरण दिवसको हाम्रो भूमि हाम्रो भविष्य भन्ने नारालाई आत्मसाथ गर्दै देशभर पाँच हजार रुख रोप्ने लक्ष्य राखेको थियो ।
जुन १ देखि ८ सम्मको सप्ताहभर बैंकले आफ्ना विभिन्न शाखामार्फत स्थानीय समुदाय तथा संस्थाहरूसँगकोसहकार्यमा करिब छ सय रूखहरू रोपेको बैंकले जानकारी दिएको छ । यो देशव्यापीवृक्षारोपण विभिन्न विद्यालय, सामुदायिक वन, संरक्षण क्षेत्र, अस्पताल, सशस्त्र प्रहरी बल तथा नेपाली सेनाको ब्यारेक, मन्दिर र सार्वजनिक स्थानहरूमा गरिएको थियो ।