काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेडको अध्यक्ष पदमा विश्रुत थापा चयन भएका छन् । कम्पनीले आफ्नो दुई सय ४६औं सञ्चालक समितिको बैठकबाट थापालाई सर्व–सम्मतरूपमा अध्यक्ष पदमा चयन गरेको हो । नवनियुक्त अध्यक्ष थापाले डेपुटी गभर्नर बमबहादुर मिश्रबाट अध्यक्ष पदको सपथ ग्रहण गरेका हुन् ।
नेपाल राष्ट्र बैंकभित्र हालै भएको विभिन्न विभागीय परिवर्तनपश्चात् नेपाल क्लियरिङ हाउसमा गरिँदै आएको प्रतिनिधित्व समेत परिवर्तन भएको हो । विश्रुत थापाको केन्द्रीय बैंकको विभिन्न विभागमा २१ वर्षभन्दा बढी काम गरेको अनुभव रहेको छ । उनी चार्टर्ड एकाउन्टेन्ट हुन् । नेपाल क्लियरिङहाउसको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंक, वाणिज्य बैंक, विकास बैंक तथा वित्तीय कम्पनीबाट प्रतिनिधि रहेका छन् ।