काठमाडौं । अन्तर्राष्ट्रिय एअरलाइन्स टिकेटिङ सेवा प्रदान गर्दै आएको प्रवास ट्राभल एन्ड टुर्सले विभिन्न एअरलाइन्सबाट गएको छ महिनामा आठ अवार्ड जित्न सफल भएको छ ।
कम्पनीले टर्किस एयरलाइन्स, एयर चाइना, श्रीलङ्कन एयरलाइन्स, चाइना साउदर्न, थाई एरवेज, क्याथे प्यासिफिक, मलेसियन एयरलाइन्स र सिंगापुर एअरलाइन्सबाट विभिन्न विधामा आठ अवार्ड जित्न सफल भएको हो । सो कम्पनीले २०२३ र २०२४ मा विभिन्न अन्तर्राष्ट्रिय एअरलाइन्सको एअर टिकट बिक्री गर्दाको सङ्ख्या, मूल्य र सेवाका आधारमा विभिन्न वायुसेवा कम्पनीले प्रदान गर्ने अवार्ड जित्ने क्रममा यो उपलब्धि हासिल गरेका जनाएको छ ।
हालै आफ्नो स्थापनाको दशौँ वार्षिकोत्सव मनाएको प्रवास ट्राभल एन्ड टुर्सले आफ्नो अनलाइन ट्राभल पोर्टल फ्लाइट्स नेपाल डट कमको सेवामा थप अभिवृद्धि गरेको छ भने प्रवास होलिडेज्को स्थापना तथा सञ्चालन समेत सुरु गरेको छ । थप विशेषता र अतिरिक्त सुविधासहित सञ्चालनमा ल्याइएको ट्राभल पोर्टल फ्लाइट्स नेपाल डटकमबाट विश्वभरको जुनसुकै कुनमा बसेर सजिलै अन्तर्राष्ट्रिय तथा डोमेस्टिक एअर टिकट खरिद गर्न सकिनेछ । कम्पनीले सस्तो एयर फेयर, अधिक क्यास ब्याक, विभिन्न अफर तथा छुटहरू समेत सञ्चालन गर्ने गरेको छ ।