सिड्नी । चीनका प्रधानमन्त्री ली छ्याङले शनिबार अस्ट्रेलियासँगको ‘मतभेदहरू हटाउन’ आह्वान गरेका छन् । चारदिने कूनीतिक भ्रमणका लागि एडिलेडमा अवतरण गरेपछि प्रधानमन्त्री लीले चीनद्वारा अस्टे«लियाली निर्यातविरुद्ध दण्डात्मक व्यापार प्रतिबन्ध हटाएसँगै मेलमिलापको प्रस्ताव गरेका हुन् ।
प्रधानमन्त्री लीले लिखित आगमन वक्तव्यमा भनेका छन्, ‘अधिक परिपक्व, स्थिर र फलदायी व्यापक रणनीति साझेदारी दुवै मुलुकका जनताद्वारा साझा गरेको खजाना हुनेछ ।
राष्ट्रपति सी जिनपिङपछि चीनको दोस्रो सबैभन्दा शक्तिशाली नेता ली संशाधन सम्पन्न महादेश अस्ट्रेलियामा आफ्नो कूटनीतिक मिसनको सरुआतमा एडिलेड पुगेका छन् । उनी सन् २०१७ पछि अस्ट्रेलियाको भ्रमण गर्ने उच्च पदस्थ चिनियाँ अधिकारी हुन ।