काठमाडौँ । मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदारको निधनप्रति नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन् ।
सभापति देउवाका तर्फबाट कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले मंगलबार शोक विज्ञप्ति जारी गरी ५६ वर्षीय गच्छदारको यही असार ३ गते भएको निधनप्रति दुःख व्यक्त गरेका हुन् । स्व. गच्छदारप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै सभापति देउवाले शोकसन्तप्त परिवारजनमा पार्टी र आफ्ना तर्फबाट गहिरो समवेदना प्रकट गरेका छन् ।
गच्छदारको निधनबाट कांग्रेसले एक अनुभवी नेतृत्व गुमाएको जनाएको छ । स्व. गच्छदारले नेपाली कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेको कांग्रेसले जनाएको छ ।