काठमाडौं । स्मार्टफोन ब्रान्ड बेंकोले आफ्नो नवीनतम् स्मार्टफोन मोडेल बेंको एसवान प्लस नेपालमा सार्वजनिक गरेको छ । यो स्मार्टफोनलाई नेपाली बजारमा नयाँ उच्चताको प्रतीकका रूपमा लिइएको कम्पनीले जनाएको छ ।
१८ महिनाको वारेन्टी रहेको यो स्मार्टफोनको मूल्य १९ हजार नौ सय ९९ रुपैयाँ तोकिएको छ । कम्पनीका अनुसार बेंको एसवान प्लस तीनवटा रंगहरू मुन ह्वाइट, डार्क ग्रे र नाइट पर्पलमा उपलब्ध रहेका छन् । यो स्मार्टफोनमा युनिसोक टी६१६ चिपसेट प्रयोग गरिएको छ । साथै, यसमा आठ जीबी र्याम र २५६ जीवी स्टोरेज छ भने यसमा माइक्रो एसडी कार्ड सपोर्ट पनि छ । यस्तै, यो स्मार्टफोनमा उच्च गुणस्तरको क्यामेरा प्रणाली समावेश छ । यसको पछाडि ४८ एमपी मुख्य क्यामेरा र दुई एमपीको म्याक्रो क्यामेरा रहेको भने अगाडि १६ एमपी एआई क्यामेरा रहेको छ ।
कम्पनीका अनुसार यो फोनमा पाँच हजार एमएएच क्षमता भएको नन–रिमुभेबल लिथियम पोलीमर ब्याट्री छ । यस्तै, यो स्मार्टफोनमा यूएसबी टाईप सी पोर्ट, साइड–माउन्टेड फिङ्गरप्रिन्ट सेन्सर, जाइरोस्कोप, एक्सेलेरोमिटर, प्रोक्सिमिटी र कम्पास सेन्सरहरू छन् । यो फोन एन्रोइड १३ अपरेटिङ सिस्टममा चल्ने जनाइएको छ । यो फोन नेपालभरका बेंकोका आधिकारिक विक्रेताहरूमार्फत खरिद गर्न सकिनेछ । यस्तै, बेंकोले आगामी दिनहरूमा थप नवीनतम् उत्पादनहरू पनि नेपाली बजारमा ल्याउने योजना बनाएको छ ।