काठमाडौं । इलेक्ट्रिक ब्रान्ड एलजीले ४८ दिने एसी र रेफ्रिजेरेटर मेकानिक तालिम सञ्चालन गरेको छ । ग्रामीण भेगका युवाहरूलाई रोजगारमूलक सीप विकास गर्ने उद्देश्यले सो तालिम सञ्चालन गरिएको कम्पनीले जनाएको छ ।
काठमाडौंको चन्द्रागिरि नगरपालिकामा सञ्चालित यस कार्यक्रम सकिएको छ भने सुनसरीको गढी गाउँपालिका र नवलपरासीको सरावल गाउँपालिकामा तालिम सञ्चालन भइरहेको छ । चन्द्रागिरिमा मंगलबार एक कार्यक्रमका बीच चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरी र चन्द्रगिरि नगरपालिकाका मेयर घनश्याम गिरीले सहभागीहरूलाई प्रमाणपत्र वितरण गरेका थिए । यसैबीच चौधरी फाउन्डेसनले तीन वटा प्रदेशमा इन्डक्सन चुलो मर्मत र रेखदेखसम्बन्धी तीन दिने तालिम पनि सञ्चालन गरिरहेको छ । यो तालिम लुम्बिनी प्रदेशमा सम्पन्न भइसकेको छ भने कर्णाली र मधेश प्रदेशमा चाँडै सुरु हुने जनाइएको छ ।