काठमाडौं । बजार परिसुचक नेप्से ओरालो लागेको छ । साताको तेस्रो कारोबार दिन आज मंगलबार नेप्से १८ दशमलव ७६ अंकले ओरालो लागेर दुई हजार ७६ दशमलव ४९ बिन्दुमा खुम्चिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ७२ अंकले ओरालो लागेर तीन सय ६७ दशमलव २० बिन्दुमा खुम्चिएको छ ।
धितोपत्र बजारमा आज तीन सय १८ वटा कम्पनीहरुको ५८ हजार एक सय १९ पटक सेयर किनबेच भएको छ । जसबाट ९५ लाख ४४ हजार सात सय ३४ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम चार अर्ब पाँच करोड ५७ लाख ३७ हजार आठ सय ८४ रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको सेयर खरिद बिक्री भएका छन् । जसमध्ये बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा सहितका १३ वटै उपसमुहहरुको सुचक ओरालो लागेर सेयर बजार पुरै राताम्मै भएको छ ।