काठमाडौं,कमलादीमा प्रहरीले मंगलबार दिउसो चारैतिरबाट घेरेर कबाडी ब्यवसाहि माथि लाठी चार्च गरेको छ । काठमाडौं चक्रपथ भित्रका कबाड ब्यवसहयीलाई चक्रपथ बाहिर सार्न काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले दिएको निर्देशन बिरुद्ध महानगर पालिकाको कार्यलय अगाडी सडकमा धर्ना दिएर बसेका कबाड ब्यवसायीहरुमा माथि प्रहरीले चारैतिरका गौडा बन्द गरेर लाठी चार्ज गरेको हो । प्रहरीको लाठी चार्जबाट आधा दर्जन बढी कबाड ब्यवसायीहरु घाइते भएका छन् । भाग्ने बाटो नदिई चारै तिरबाट घेराउ गरेर लाठि चार्ज गरी आक्रमण गर्नुलाई मानवअधिकार बिरोधी घटना मानिन्छ । बिश्वव्यापी उक्त मान्यता बिपरित नेपाल प्रहरीका डिएसपी सत्यनारायण थापा लगायतको टोलीले उनीहरुमाथि चारैतिरबाट घेरा हालेर भाग्ने बाटो समेत नदिई लाठी चार्ज गरेको हो । प्रहरीको एउटा टोली महेन्द्र सालिक अगाडी,अर्को टोली घण्टाघर मोडमा,अर्को टोली प्रज्ञा प्रतिष्ठान अगाडी टुकुचा छेउमा र अर्को टोली पज्ञा प्रतिष्ठानको पछाडी पट्टिको चोकमा राखिएको थियो । चारै तिरका प्रहरी एकैचोटी अगाडी बढेर बिचमा रहेका कबाड ब्यवसाहिमाथि लाठि चार्ज गरेका थिए ।