पेरिस । खगोलविद्हरूले पहिलो पटक एउटा महाविशाल ब्ल्याक होल आफ्नो होस्ट आकाशगंगाको हृदयलाई प्रज्वलित गर्दै जागेको अवलोकन गर्न सक्षम भएको युरोपेली दक्षिणी वेधशालाले मंगलबार बताएको छ ।
अचानक पहिलेभन्दा उज्यालो हुन थाल्नुअघि कन्या नक्षत्रमा पृथ्वीबाट ३० करोड प्रकाश वर्ष टाढा आकाशगंगा सन् २०१९ को अन्त्यसम्म दशकौँदेखि शान्त थियो । एउटा महाविशाल ब्ल्याक होल बसेको अनुमान गरिएको उक्त आकाशगंगाको केन्द्रले त्यसबेलादेखि विभिन्न प्रकारका किरणहरू उत्सर्जित गरिरहेको छ ।
‘यो व्यवहार अभूतपूर्व हो’, युरोपेली दक्षिणी वेधशालाका खगोलशास्त्री तथा एस्ट्रोनमी एन्ड एस्ट्रोफिजिक्स जर्नलमा नयाँ अध्ययनको पहिलो लेखक पाउला सान्चेज स्याजले भने । ‘यो उज्यालोलाई व्याख्या गर्नका लागि सबैभन्दा ठोस विकल्प भनेको खगोलविद्हरूले वास्तविक समयमा एउटा विशाल ब्ल्याक होलको सक्रियतालाई हेरिरहेका थिए’, अध्ययनकी सहलेखिका लोरेना हर्नान्डेज गार्सियाले भनीन् ।
ब्ल्याक होलको निरीक्षण गर्ने एक मात्र तरिका भनेको उसले कुनै विशाल चिजलाई नष्ट गर्दा उक्त चिजले आफ्नो मृत्युको समयमा प्रकाश छाड्दछ । जस्तो कि एउटा तारा अत्यन्त नजिक टुक्रा टुक्रा भएर बहकिरहेको थियो ।
ब्ल्याक होलको द्रव्यमान सूर्यभन्दा १५ लाख गुणा धेरै रहेको प्रारम्भिक अवलोकनले सङ्केत गरेको छ । यसलाई महाविशाल ब्ल्याक होलका रूपमा वर्गीकृत गर्न पर्याप्त छ । तर वास्तविक हेभिवेट (भारी वजन)हरू सजिलै सूर्यको द्रव्यमानभन्दा एक अर्ब गुणा धेरै भएकाले यो अहिले पनि हलुका स्तरमा छ ।
खगोलविद्हरूको अन्तर्राष्ट्रिय टोलीले ब्ल्याक होलको गतिविधि अस्थायी हो कि भनेर निर्धारण गर्ने आशामा धेरै टेलिस्कोपबाट डेटाको विश्लेषण गरिरहेको छ । सम्भवतः तारा टुक्रा टुक्रा भएका कारणले हो वा के यो लामो समयसम्म सक्रिय रहन्छ भन्नेबारे हो । तर सौभाग्यले हाम्रो आफ्नै ब्ल्याक होल गहिरो निद्रामा सुतिरहेको छ । रासस/एएफपी