काठमाडौं । सेयर बजार परिसुचक नेप्से उकालो लागेको छ । अघिल्लो दिन १८ दशमलव ७६ अंकले ओरालो लागेको नेप्से परिसुचक साताको चौंथो कारोबार दिन आज बुधबार दुई दशमलव २७ अंकले उकालो लागेर दुई हजार ७८ दशमलव ७६ बिन्दुमा चढेको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ५५ अंकले उकालो लागेर तीन सय ६७ दशमलव ७५ अंकमा चढेको छ ।
धितोपत्र बजारमा आज तीन सय आठ वटा कम्पनीहरुको ४८ हजार सात सय छ पटक सेयर किनबेच भएको छ । जसबाट ७२ लाख नौं हजार सात सय ५७ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम तीन अर्ब ४० करोड ४३ लाख ७२ हजार छ सय ३२ रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको सेयर कारोबार भएका छन् । जसमध्ये बिकास बैंक, जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, सामुहिक लगानी कोष र व्यापार सहितका सात वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् भने बाणिज्य बैंक, फाईनान्स, जलबिद्युत, निर्जीवन बीमा, लघुवित्त र अन्य सहितका छ वटा उपसमुहहरुको सुचक उकालो लागेका छन् ।