काठमाडौं । सेयर बजार परिसुचक (नेप्से) ओरालो लागेको छ । अघिल्लो दिन दुई दशमलव २७ अंकले उकालो लागेको बजार परिसुचक नेप्से आज बिहिबार भने १० दशमलव ४४ अंकले ओरालो लागेर दुई हजार ६८ दशमलव ३१ बिन्दुमा खुम्चिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ६९ अंकले ओरालो लागेर तीन सय ६५ दशमलव शुन्य पाँच बिन्दुमा खुम्चिएको छ ।
धितोपत्र बजारमा आज तीन सय छ वटा कम्पनीहरुको ५३ हजार १७ पटकको कारोबारमा ८६ लाख ६३ हजार छ सय ९९ कित्ता सेयर खरिद बिक्री भएका छन् । सो अनुसार आज कुल कारोबार रकम तीन अर्ब ८७ करोड सात लाख ४४ हजार नौं सय तीन रुपैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको सेयर कारोबार भएका छन् । जसमध्ये फाईनान्स र सामुहिक लगानी कोष उपसमुहको सुचक ओरालो लागेका छन् भने बाणिज्य बैंक, बिकास बैंक, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका ११ वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।