काठमाडौं, असार ४
आरम्भ लघुुवित्त वित्तीय संस्थाको खुद मुनाफामा झण्डै ८५ प्रतिशतले वृद्धि देखिएको छ । संस्थाले चालू आर्थिक वर्षको वर्षको तेस्रो त्रैमासिक अवधि अर्थात् पछिल्लो नौ महिनामा एक करोड चार लाख रूपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो मुनाफा ५५ लाख ९७ हजार रूपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी आज छ करोड ४४ लाख २८ हजार रूपैयाँ रहेको संस्थाले चालू आवको तेस्रो त्रैमासिक अवधिमा १९ करोड ४३ लाख २० हजार रूपैयाँ निक्षेप संकलन गरी ६५ करोड ७७ लाख ६४ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ । यस अवधिमा तीन करोड १० लाख ४९ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा निष्क्रिय कर्जाको अनुपात एक दशमलव १५ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले १४ करोड ५८ लाख ६४ हजार रूपैयाँ निक्षेप संकलन गरी ४५ करोड ७३ लाख १३ हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा दुुई करोड ३६ लाख ७८ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा प्रोभिजन रकम ५५ लाख ९७ हजार रूपैयाँ रहेको थियो भने निष्क्रिय कर्जा दुुई दशमलव ५९ प्रतिशत रहेको थियो ।