काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैैंकिङ एन्ड फाइनान्सले २२ वर्ष पूरा गरी २३औँ वर्षमा प्रवेश गरेको छ । विसं २०५९ जेठ ३० गतेबाट विधिवत् कारोबार सञ्चालन गरेको संस्थाले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विगत छ वर्षदेखि वार्षिकरूपमा बुंगमतीस्थित श्री अपाङ्ग सेवा संघलाई खाद्यान्न सामग्री उपलब्ध गराउँंदै आएकोमा संस्थाको २२औँ वार्षिकोत्सवको उपलक्ष्यमा उक्त सहयोग आगामी वर्षको लागि पनि निरन्तरता दिने गरी सो संस्थासँग सम्झौता गरेको छ । साथै, संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत संस्थाको २२औँ वार्षिकोत्सव उपलक्ष्यमा नेपाल रेडक्रस सोसाइटी, ललितपुर रक्तसञ्चार सेवा केन्द्रको प्राविधिक सहयोगमा आयोजित रक्तदान कार्यक्रम समेत सम्पन्न गरेको छ ।