काठमाडौं । स्विजरल्याण्डको लक्जरी ब्राण्ड बालीमा ४० प्रतिशतसम्म छुटको घोषणा गरिएको छ । १८५१ मा स्विजरल्याण्डमा जन्मिएको लक्जरी ब्राण्ड बालीको दरबारमार्ग स्थित सोरुम वाच ग्यालरीमा यस्तो छुटको घोषणा गरिएको हो ।
लक्जरी सुज, ब्याग, बेल्ट, वालेटलगायतका उत्पादनहरूमा विश्वप्रख्यात ब्राण्ड बालीलाई नेपाली बजारमा वाच ग्यालरीले बिक्री वितरण गर्दै आएको छ । सर एडमन्ड हिलारीसँगै तेन्जिङ नोर्गेले पहिलो पटक समगरमाथाको आरोहण गर्दा लगाएका रेनडियर बुटहरू हुन् । बालीले सदैव गुणात्मक उत्पादनलाई प्राथमिकता दिँदै आएको सर्वविदित्तै छ । एक सय ७२ वर्षभन्दा लामो आफ्नो लिगेसीलाई कायम राख्दै आजको अत्याधुनिक प्रविधि र आधुनिकतासँग हातेमालो गर्न सिपालु बाली विश्वभरका सेलिब्रेटी, व्यवसायी तथा सम्भ्रान्तहरूको पहिलो रोजाइ बन्दै आएको छ ।
होटल उडल्यान्डसँगै दरबारमार्गमा रहेको वाच ग्यालरीले नेपाली बजारमा लामो समयदेखि बालीको आयात तथा बिक्री वितरण गर्दै आएको छ । हालै बालीको नयाँ कलेक्सन भित्र्याएको वाच ग्यालरीले कम्पनीसँगको सहकार्यमा नेपाली उपभोक्ताका लागि विशेष छुटको मौका ल्याएको हो । ‘नेपालको खस्किएको आर्थिक अवस्थाका कारण धेरै सम्भावित उपभोक्तालाई हामीले सेवा प्रदान गर्ने मौका प्राप्त गरेका थिएनौँ’, वाच ग्यालरीका प्रबन्ध निर्देशक पंकज झुनझुनवालाले भने, ‘त्यसैले बालीको गुणस्तरीयताको अनुभव नेपाली उपभोक्ताले गर्न सकून् भन्ने उद्देश्यले हामीले कम्पनीसँगको सहकार्यमा यस्तो छुटको अवसर ल्याएका हौँ ।’ कम्पनीले नेपाली उपभोक्तालाई प्राप्त यो अवसरको सदुपयोग गर्न आग्रह समेत गरेको छ ।