काठमाडौं । एलजी इलेक्ट्रोनिक्सले आफ्ना पुराना एलजी स्मार्ट टीभीका ग्राहकहरूलाई नयाँ वेबओएस स्मार्ट टीभी प्लेटफर्मको अपग्रेड प्रदान गरिरहेको घोषणा गरेको छ । २०२४ को सुरुवातमा, वेबओएस रिन्यु प्रोग्रामले एलजीको २०२२ ओएलईडी टीभी लाइनअप, एलजी ओएलईडी फ्लेक्स, एलजी ओएलईडी अब्जेक्ट कलेक्सन पोसे साथै एलजीको २०२२ क्यएनइडी मिनी एलईडी ८के (क्युएनईडी ९९/९५ शृङ्खला) को प्रत्येक मोडेलमा नयाँ वेबओएस अपग्रेड ल्याएको थियो । यसले प्रयोगकर्ताहरूलाई अर्को पाँच वर्षको लागि नयाँ टीभी अनुभवको आनन्द दिने कम्पनीको भनाइ छ । वेबओएसको नयाँ संस्करणसँग, एलजी स्मार्ट टीभीका ग्राहकहरूले अझै व्यक्तिगत टीभी अनुभवको आनन्द लिन सक्छन् । एलजी स्मार्ट टीभीले नयाँ वेबओएस अपग्रेडलाई अपनाउँदै गर्दा, सामग्री प्रदायक र सेवा विकासकर्ताहरूलाई नयाँ सामग्री, सेवाहरू र सुविधाहरूलाई व्यापक दर्शकहरूमा फैलाउने थप अवसरहरू प्राप्त हुनेछ ।
सोही एलजी वेबओएस रिन्यु प्रोग्राम नेपालमा उपलब्ध २०२२ देखिका ओएलईडी र क्युएनईडी टीभी र २०२३ देखिका युएचडी टीभीहरूमा पनि लागू हुनेछ । जसमा आगामी पाँच वर्षसम्म निःशुल्क अपग्रेड आउनेछ ।