काठमाडौं,चिकित्सा शिक्षा आयोगको रिक्त चार निर्देशक पद नियुक्तिका लागि चार जनाको नाम सिफारिस भएको छ । प्रधानमन्त्री प्रचण्डले गत कार्तिक २३ गते गठन गरेको नाम सिफारिस समितिले प्रा.डा गुरुप्रसाद खनाल,प्रा.डा सुजनबावु मरहठ्टा,प्राडा सुदीप आचार्य र डा.सरला श्रेष्ठको नाम सिफारिस गरेको हो । आवेदन दिएका बिस जना मध्ये सर्टलिस्टमा परेका १२ जना मध्येबाट चार जनाको नाम सिफारिस भएको हो ।