काठमाडौं,संसद सचिवालयका कर्मचारीका माग संबोधन गर्न कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरिको संयोजकत्वमा तीन सदस्यीय समिति गठन भएको छ । समितिमा संसद सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेय र अर्थ सचिव मधु मरासिनी सदस्य रहेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान बसेको बैठकले उक्त समिति गठन गरेको हो । बैठकमा प्रधानमन्त्री प्रचण्ड,सभामुख देवराज घिमिरे,राष्ट्रिय सभाको अध्यक्ष नारायण दाहाल,एमाले अध्यक्ष केपी ओली,अर्थमन्त्री बषृमान पुन र मुख्य सचिव बैकुण्ठ अर्याल सहभागि रहेका थिए । ओभरटाइम काम गरेको सेवा सुविधा लगायत ११ सूत्रीय माग राखेर आन्दोलित सचिवालयका कर्मचारीहरुको माग संवोधन गर्न उक्त समिति गठन गरिएको हो ।