काठमाडौं । नीति तथा कार्यक्रम र बजेट ल्याउन बोलाइएको बाराको जीतपुर सिमरा उपमहानगरपालिकाको नगरसभाको वैठकमा झडप भएको छ । वैठकमा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुले अवरोध गर्न खोजेपछि झडप भएको हो ।
सोमबार वैठक बस्न आवश्यक संख्या २५ प्रतिशत पुर्याएर मेयर राजन पौडेलले नीति तथा कार्यक्रम र बजेट पास गर्ने भनेपछि एमाले र लोसपाका जनप्रतिनिधिले अवरोध गर्न खोजेका थिए ।
नेपाली कांग्रेस र एकीकृत समाजवादी अन्तिम समयमा नगर सभा बैठकका लागि सहमत भए पनि एमाले र लोसपा सहमत नहुँदा झडपको स्थिति बनेको उपमहानगरका एक जनप्रतिनिधिले बताए । नगर सभामा झडप भएपछि नगर सभा सञ्चालन हुन सकेको हुँदा अहिले ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।