काठमाडौं । एनआईसी एसिया बैंक पार्टनरसिप फर कार्बन एकाउन्टिङ फाइनान्सियल्स (पिक्याप) को सदस्य भएको छ । पार्टनरसिप फर कार्बन एकाउन्टिङ फाइनान्सियल्स एउटा अवधारण हो, जसले विश्वव्यापीरूपमै वित्तीय संस्थाहरूलाई प्रतिबद्ध बनाउँछ ।
विशेषगरी हरित गृहबाट हुने ग्यास उत्सर्जनमा आधारित क्षेत्रमा वित्तीय संस्थाहरूबाट हुने कर्जा तथा लगानीको मूल्याङ्कन गर्ने र त्यससम्बन्धी जानकारी सार्वजनिक गर्न वित्तीय संस्थाहरूलाई प्रतिबद्ध बनाउँछ ।’जसरी विश्व नै वातावरणमैत्री अभ्यास अनुशरणमा अगाडि बढिरहेको छ, एनआईसी एसिया बैंक पनि वातावरणीय दिगोपनाको लागि कटिबद्ध छ,’ बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले भने ।
पिक्यापको अवधारणा छ महादेशका चार सय ८० भन्दा धेरै वित्तीय संस्थाहरूले अनुशरण गरेका छन्। उत्तर अमेरिका, ल्याटिन अमेरिका, युरोप, अफ्रिका र एसिया प्यासिफिक क्षेत्रमा यसको विस्तार द्रूतस्तरमा भइरहेको छ । बैंकको तीन सय ६० शाखा, छ सय ७१ एटीएम, एक सय १८ विस्तारित काउन्टर र ५१ शाखारहित बैंकिङ इकाई छन् ।