काठमाडौं । सेयर बजार परिसुचक पुन ओरालो लागेको छ । अघिल्लो दिन ११ दशमलव ६० अंकले ओरालो लागेको बजार परिसुचक नेप्से साताको अन्तिम कारोबार दिन आज बिहिबार पनि आठ दशमलव २४ अंकले ओरालो लागेर दुई हजार ५१ दशमलव ९२ बिन्दुमा खुम्चिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ५६ अंकले ओरालो लागेर तीन सय ६१ दशमलव १८ बिन्दुमा खुम्चिएको छ ।
धितोपत्र बजारमा आज तीन सय ३३ वटा कम्पनीहरुको ५० हजार दुई सय ८१ पटक सेयर किनबेच भएको छ । जसबाट आज ८९ लाख एक हजार एक सय ९५ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम तीन अर्ब ७१ करोड ५९ लाख तीन हजार आठ सय २४ रुपैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको सेयर कारोबार भएका छन् । जसमध्ये बाणिज्य बैंक, सामुहिक लगनाी कोष र अन्य उपसमुहको सुचक उकालो लागेका छन् भने बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त र व्यापार उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।