काठमाडौं । समृद्धि फाइनान्स कम्पनीको मधुवन शाखा कार्यालयले शनिबार आफ्नो पहिलो वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको जानकारी दिएको छ । कार्यक्रममा शाखाले वर्ष दिनमा गरेको प्रगति विवरण प्रस्तुत गरिएको थियो ।
शाखाले स्थापनाकालदेखि हालसम्म दुई हजार एक सय ग्राहकलाई आबद्ध गर्दै चार करोड ८० लाख बचत संकलन र एक करोड ४७ लाख लगानी गर्न सफल भएको जानकारी शाखा प्रमुख केशव पौडेलले कार्यक्रमका बीच जानकारी दिए । नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रियस्तरको समृद्धि फाइनान्सले बराहक्षेत्र नगरपालिकाका स्थानीय व्यापारीहरू, बचतकर्ताहरू, बुद्धिजीवी, समाजसेवी, सुरक्षा निकायका प्रतिनिधि आदिको उपस्थितिमा सम्पन्न गरेको उक्त कार्यक्रममा विभिन्न व्यक्तिहरूले आ–आफ्नो विचार व्यक्त गर्दै फाइनान्सको उक्त प्रगतिको लागि शुभकामना व्यक्त गरेका थिए । शाखाले आगामी दिनहरूमा स्थानीय आवश्यकता अनुसारको कर्जालाई प्राथमिकता दिई गुणस्तरीय कर्जा लगानीमा घनिभूत ढंगले अगाडि बढ्ने र बैंकिङ सेवालाई थप सशक्त बनाउन स्थानीय जनचाहना बमोजिम कार्यलाई प्राथमिकता दिई कार्य गर्ने शाखाको कार्ययोजना रहेको पाइयो ।
फाइनान्सले हाल १३ वटा शाखाहरूमार्फत नगद कारोबार, आरटीजीएस, आईपीएस, कनेक्ट आईपीएस, रेमिट्यान्स, क्लियरिङ लगायतका बैंकिङ सेवा प्रदान गर्दै आएको छ भने मोबाइल बैंकिङ, डेबिट कार्ड, क्युआर कोड आदि डिजिटल सुविधाहरू निःशुल्क प्रदान गरिरहेको छ ।