काठमाडौं : सत्तारुढ गठबन्धनका शक्तिशाली नेता केपी ओली र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा बीच शनिवार ओली निवास भक्तपुर बालकोटमा दउँसो २ बजे देखि अपरान्ह ५ बजे सम्म तीनघण्टा भन्दा लामो गोप्य भेटवार्ता भएको हो । एमाले अध्यक्ष ओलीलाई भेट्न सभापती देउवा पत्नी डा.आरजु राण सहित दिउँसो बालकोट पुगेका थिए । प्रधानमन्त्री प्रचण्ड लगायत सबै नेता असार १५ को धान रोपाई दिवस मनाउन र दही च्यूरा खाने कार्यक्रममा व्यस्त रहेका बेला कांग्रेस सभापति देउवा एमाले अध्यक्ष ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका हुन् । यस अगि गत विहिवार देउवा र ओलीले प्रधानमन्त्री प्रचण्डसंग बालुवाटारमा संयुक्त भेटवार्ता गरेका थिए र त्यसको भोलिपल्टै एकवर्षदेखि अनुसन्धान रोकिएको नक्कली भुटानी शरणार्थी प्रकरणको फायल खोलिएको थियो । उक्त भेटवार्ताको भोलिपल्ट पूर्व गृहमन्त्री रामबहादुर थापा बादलको स्वकिए सचिव समेत रहेका छोरा प्रतीक थापा र नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर खमेरिका पठाउने गिरोहका सदस्यसंग रकम लिएर पूर्वगृहमन्त्री कृष्ण सिटौलालाई बुझाउने भारतीय नागरिक बेचन झालाई प्रहरीले पक्राउ गरेपछि कांग्रेस सभापति देउवा थप दबाबमा परेर ओलीलाई भेट्न भक्तपुर पुगेका हुन् ।