भारतीय सेना प्रमुखको जिम्मेवारीमा जनरल उपेन्द्र द्विवेदी चयन भएका छन् । भारतीय सेना प्रमुख जनरल मनोज पांडेले आइतबार अवकाश पाएपछि द्विवेदीले उनको स्थान लिएका हुन् । अवकाश पाएका जनरल मनोज पांडेले ३० अप्रिल २०२२ बाट भारतीय सेनाको सर्वोच्च पद ‘चिफ अफ आर्मी स्टाफ’को जिम्मेवारी सम्हाल्दै आएका थिए ।