काठमाडौं : चिनियाँ गिरोहले नेपालमा करिब एक वर्षको अवधि (मुख्यत) ०७९ मंसिरदेखि ०८० साउनसम्म०मा तीन हजार दुई सय ९४ केजी सुन तस्करी गरेको प्रहरीले निष्कर्ष निकालेको छ । यस तस्करीमा कम्तीमा ७२ जनाको गिरोह पत्ता लगाएको छ । पहिलो चरणको अनुसन्धानमा २९ जनाविरुद्ध मुद्दा दायर गरेको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी०ले दोस्रो चरणको विस्तृत अनुसन्धानमा थप ४३ जनाको संलग्नता पहिल्याएको हो । दोस्रो चरणको अनुसन्धान अन्तिम चरणमा पुगेको र सरकारी वकिलमार्फत यही साता अभियोजन हुने सिआइबीले बताएको छ ।