काठमाडौं । सेयर बजार परिसुचक (नेप्से) उकालो लागेको छ । अघिल्लो दिन १४ दशमलव ८३ अंकले ओरालो लागेको बजार परिसुचक साताको दोस्रो कारोबार दिन आज सोमबार भने १६ दशमलव २९ अंकले उकालो लागेर दुई हजार ५३ दशमलव ३८ बिन्दुमा चढेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव शुन्य एक अंकले उकालो लागेर तीन सय ६१ दशमलव ७७ बिन्दुमा चढेको छ ।
धितोपत्र बजारमा आज तीन सय २३ वटा कम्पनीहरुको ४४ हजार एक सय ६९ पटक सेयर किनबेच भएको छ । जसबाट ७१ लाख ६५ हजार सात सय ३५ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम दुई अर्ब ९९ करोड ९९ लाख ६५ हजार २१ रुपैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको सेयर कारोबार भएका छन् । जसमध्ये फाईनान्स र उत्पादनमुलक उपसमुहको सुचक ओरालो लागेपनि बाणिज्य बैंक, बिकास बैंक, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लगानी, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार उपसमुहहरुको सुचक भने उकालो लागेका छन् ।