काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र सत्तारुढ सबैभन्दा ठुलो दल नेकपा एमाले बिच सत्ता समिकरणको प्रयास भएको छ । असार १५ गते संसदको सबैभन्दा ठुलो दल नेपाल कांग्रेसका सभापति शेरबहादुर देउवालाई आफ्नो निवास बालकोटमा बोलाएर करिब ३ घण्टा छलफल गरेका ओलीले संविधान संशोधन गर्ने प्रमुख एजेण्डाका साथ सरकार फेरबदल गर्ने प्रयास गरेका हुन् । सनिवार देउवासंग छलफल गरेका ओलीले आइतवार सत्तारुढ दल तथा सरकारको नेतृत्वकर्ता प्रधानमन्त्री तथा नेकपा माओवादीका केन्द्रका अध्यक्ष प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पाटीका अध्यक्ष री लामिछाने संग सामुहिक छलफल गरेका थिए भने सोमवार प्रधानमन्त्री प्रचण्डसंग करिब ४ घण्टा वान टु वान वार्ता गरेका थिए । प्रधानमन्त्री प्रचण्डसंग वान टु वान वार्ता गरेका ओलीले सो लगत्तै आफ्ना दलबाट सरकारमा गएका मनत्रीहरुलाई बालकोटमा बोलाएर ब्रिफिङ गरेको बताइएको छ ।