काठमाडौँ, असार ७
रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले वार्षिक साधारणसभाको आह्वान गरेको छ । कम्पनीले यही असार २८ गते आफ्नो तेस्रो वार्षिक साधारणसभाको आह्वान गरेको हो ।कम्पनीको यही असार पाँच गते बसेको सञ्चालक समितीको ७४ औं बैठकले वार्षिक साधारणसभाको आह्वान गरेको हो । सभाले गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गर्नुुको अतिरिक्त साधारण सेयर जारी गर्ने समेतको प्रस्ताव पारित गर्ने तयारी गरेको छ । चुक्ता पुँजी एक अर्ब ४७ करोड रूपैयाँ रहेको कम्पनीको चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा छ करोड १८ लाख १६ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा दुुई करोड ७० लाख १६ हजार रूपैयाँ रहेको थियो ।