काठमाडौं । नेपाली ट्राभल ट्रेड सेक्टरमा स्थापित कम्पनी सेभेनस्टार इन्टरनेसनल ट्राभल एन्ड टुर्सले अत्याधुनिक तथा सुविधा सम्पन्न टिकेटिङ पोर्टल सञ्चालनमा ल्याएको छ । कम्पनीले अनलाइन ट्राभल एजेन्सी इसेभेनस्टार डटकमको हालै औपचारिकरूपमा शुभारम्भ गरेको हो ।
कम्पनीको आफ्नो एक दशक लामो यस क्षेत्रमा रहेको अनुभवलाई प्रयोग गरेर हवाई टिकेटिङ सेवाका लागि अत्याधुनिक डिजिटल प्लेटफर्मको निर्माण गरेको हो । विश्व डिटिटलाइजेसनतर्फ अगाडि बढिरहँदा अबको भविष्य र व्यावसायिकता समेत यसैसँग जोडिने प्रष्ट देखिएकाले कम्पनीले आफ्नो ओटीए (अनलाइन ट्राभल एजेन्सी) सञ्चालनमा ल्याएको जनाएको छ । कम्पनीका प्रबन्ध निर्देशक शिव शर्मा बास्तोलाले ग्राहकलाई २४ सै घण्टा सेवा प्रदान गरिने बताए ।
उनका अनुसार ग्राहकहरूले विश्वभरका वायुसेवाका टिकटहरू जुनसुकै समयमा घरैमा बसेर आफैँले काट्न सक्नेछन् । अनलाइनमा गएर खरिद गरिएको टिकटको भुक्तानी नेपाली वा विदेशी बैंकका भिसा, मास्टरकार्ड तथा अन्य कार्डहरू, विभिन्न बैंकिङ वालेटहरू, इ–सेवा, खल्तीजस्ता डिजिटल वालेट तथा कनेक्ट आईपीएसलगायतका भुक्तानी सेवा प्रदायकबाट सोझै गर्न सकिने विकल्प प्रदान
गरिएको छ ।