काठमाडौँ, असार ७ नेपाल इन्स्योरेन्स कम्पनीले सात दशमलव ८९ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरेको छ । कम्पनीको शुुक्रबार सम्पन्न भएको ७१औं वार्षिक साधारणसभाले गत आर्थिक वर्षको खुद मुनाफा मध्येबाट हाल कायम रहेको चुक्ता पुुँजीको पाँच प्रतिशतका दरले बोनस सेयर र बोनस सेयरमा लाग्ने करसहित दुुई दशमलव ८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । हाल एक अर्ब नौ करोड ५५ लाख ३६ हजार रूपैयाँ चुक्ता पुँजी रहेको कम्पनीले पाँच प्रतिशत अर्थात् पाँच करोड ४७ लाख ७६ हजार रूपैयाँबराबरको बोनस सेयर वितरण गरेपश्चात् कम्पनीको चुक्ता पुँजी एक अर्ब १५ करोड तीन लाख १३ हजार रूपैयाँ पुग्नेछ ।