काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेपाली कांग्रेसले मार्ग प्रशस्त गर्न आग्रह गरेको छ । देउवा निवास बूढानीलकण्ठमा बुधबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पमादन समितिको बैठकले सो निर्णय गरेको प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए ।
महतले बैठकको निर्णयबारे जानकारी दिँदै सङ्घीय संसद्का दुई ठूला दल कांग्रेस र नेकपा (एमाले) मिलेर नयाँ सरकार बनाउने सहमति गरेपछि प्रधानमन्त्री दाहालले मार्ग प्रशस्त गर्दा उपयुक्त हुने बताए । सोमबार कांग्रेस र एमालेबीच सत्ता समिकरणका लागि सहमति भएको थियो । प्रवक्ता डा. महतले उक्त समिकरणमा अन्य दलको समेत समर्थन रहने बताए ।