काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा दुई करोड ८० लाख सात हजार आठ सय ९० रुपैयाँ खुद मुनाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा झण्डै दोब्बरले बढी हो । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा ७७ लाख सात हजार सात सय ८० रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी २६ करोड ६४ लाख २४ हजार तीन सय ९० रुपैयाँ रहेको संस्थाले चालू आवको तेस्रो त्रैमासिक अवधिमा दुई अर्ब २६ करोड ५८ लाख ४१ हजार रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब ७४ करोड २२ लाख ४८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा २० करोड ७५ लाख ७० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा चार दशमलव ७४ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
वितरणयोग्य नाफा दुई करोड १८ लाख ४६ हजार रुपैयाँ रहेको संस्थाको स्प्रेडदर भने पाँच दशमलव ५७ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले दुई अर्ब १५ करोड ५६ लाख ९० हजार रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब १७ करोड ६४ लाख ५१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १७ करोड ५७ लाख २० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा नौ दशमलव ८४ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेडदर चार प्रतिशत रहेको थियो ।