काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा पाँच करोड २९ लाख ९९ हजार सात सय ५३ रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा एक करोड ३८ लाख २१ हजार चार सय आठ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ४९ करोड ७४ लाख १५ हजार नौ सय ४२ रुपैयाँ रहेको संस्थाले चालू आवको तेस्रो त्रैमासमा एक अर्ब २७ करोड ७५ लाख २१ हजार दुई सय ५१ रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब १५ करोड ५४ लाख सात जार पाँच सय ४० रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १९ करोड ९३ लाख ७६ हजार दुई सय ८० रुपैयाँ कर्जा प्रवाह गरेको संस्थामा चार दशमलव ९७ प्रतिशत कर्जा निष्क्रिय छ । वितरणयोग्य नाफा चार करोड ५२ लाख ८९ हजार दुई सय २९ रुपैयाँ रहेको संस्थाको स्प्रेडदर भने छ दशमलव ६१ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा एक अर्ब ३१ करोड ९२ लाख ९८ हजार एक सय ४२ रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब ३९ करोड ४३ लाख ६१ हजार सात सय ९३ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १९ करोड ३० लाख ८६ हजार तीन सय ६१ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा १४ दशमलव शून्य आठ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो । वितरणयोग्य नाफा भने पाँच लाख २५ हजार पाँच सय ४९ रुपैयाँ रहेको संस्थाको स्प्रेडदर भने तीन दशमलव ९९ प्रतिशत रहेको थियो ।