काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा तीन करोड २१ लाख २६ हजार छ सय ३४ रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा तीन करोड ५६ लाख २३ हजार छ सय ६७ रुपैयाँ रहेको छ ।
हाल चुक्ता पुँजी ३७ करोड २३ लाख २१ हजार सात सय ३४ रुपैयाँ रहेको संस्थाले चालू आवको तेस्रो त्रैमासमा एक अर्ब ३० करोड ६० लाख ९८ हजार आठ सय ४६ रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब ६९ करोड २४ लाख ६५ हजार चार सय ४० रुपैयाँ कर्जा प्रवाह गरेको छ । यस अवधिमा १८ करोड तीन लाख १० हजार चार सय आठ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा चार दशमलव ९६ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । यस अवधिमा वितरणयोग्य नाफा एक करोड ५२ लाख ८२ हजार चार सय ४९ रुपैयाँ रहेको संस्थाको स्प्रेडदर भने पाँच दशमलव ९३ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले एक अर्ब ३६ करोड ८९ लाख २९ हजार चार सय २६ रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब ७१ करोड पाँच लाख ३६ हजार चार सय ७२ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १९ करोड ७६ लाख ९७ हजार दुई सय ७१ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा पाँच दशमलव ६० प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेडदर चार दशमलव ११ प्रतिशत रहेको थियो ।