काठमाडौं । सानिमा जीआईसी इन्स्योरेन्स लिमिटेड र सिटिजन्स क्यापिटल लिमिटेडबीच इन्स्योरेन्सबीच सम्झौता भएको छ । दुवै कम्पनीबीच हकप्रद सेयर निष्काशनको लागि निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता भएको हो ।
सम्झौतामा सानिमा जीआईसी इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुद्युम्न प्रसाद उपाध्याय तथा सिटिजन्स क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार सिटिजन्स क्यापिटलले सानिमा जीआईसी इन्स्योरेन्स लिमिटेडको ५० लाख कित्ता हकप्रद सेयर निष्काशनका लागि बिक्री प्रबन्धकको कार्य गर्नेछ ।