काठमाडौं । सिद्धार्थ बैंक र हेयर एन्ड शान्ति ब्युटी पार्लर प्रालिबीच बैंकका ग्राहकहरूलाई विभिन्न सेवामा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।
सम्झौताअनुसार बैंकका ग्राहकहरूले हेयर एन्ड शान्ति ब्युटी पार्लर प्रालिअन्तर्गत देशभर रहेका तेह्र हेयर एन्ड शान्ति ब्युटी पार्लरका शाखाहरूमा बैंक कार्ड तथा मोबाइल बैंकिङ सेवाबाट भुक्तानी गर्दा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नुहुनेछ । यस सम्झौता ग्राहकहरूलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।
बैंकले डिजिटल भुक्तानीको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्ने क्रममा केही समयअघि मात्रै सिद्धार्थ रिवार्डस’ नामक लोयल्टी सेवा पनि सञ्चालनमा ल्याएको छ ।