काठमाडौं,सरकारमा भनेजस्तो काम गर्न नसके राजिनामा खल्तीमा राखेको र जुनसुकै बेला राजिनामा दिने बताएका रास्वपाका मन्त्रीहरुको राजीनामा खल्तीमा नै हराए जस्तो देखिएको छ । खेलकुद मन्त्री समेत रहेका बिराज भक्त श्रेष्ठले एक कार्यक्रममा उक्त कुरा उल्लेख गरेका थिए । प्रचण्डलाई दिएको समर्थन एमालेले फिर्ता लिएपछि प्रचण्ड सरकार अल्पमतमा परेको अबस्थामा पनि रास्वपाका मन्त्रीहरुले राजिनामा नबुझाएर जुकाजस्तै टासिएर बसेका छन् । सरकारमा हुँदै बोेलेअनुसार काम गर्न नसकेको अबस्थामा अहिले झन काम गर्ने बातवरण समेत रहेको छैन ।